बुटवल, भदौ १९
नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि खिमलाल भट्टराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।
एमाले ५ नं. क्षेत्रीय कमिटीको आईतबार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य समेत रहेका भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
भट्टराई अहिले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक हुन्।
विद्यार्थी राजनीतिबाट एमालेको पार्टी राजनीतिमा आएका भट्टराई एमालेको विद्यार्थी संगठन अनेरास्ववीयूका केन्द्रिय अध्यक्ष समेत रहिसकेका थिए।








