वैखरी अनलाइन, बाणगंगा
कपिलस्तु जिल्लाको बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल छाडा गाइवस्तु ब्यवस्थापन गर्न एक्सनमा उत्रीएका छन ।
बिगत बर्षौदेखि समस्याका रुपमा रहेको छाडा गाइवस्तु ब्यवस्थापन गर्न बाणगंगा नगरपालिकाका नगर प्रमुख अर्याल आफै एक्सनमा उत्रीएका हुन ।
जस अन्र्तगत आज शनिबारका दिन उनले मधुबनको गौशालाको अनुगमनसहित बिभिन्न निर्देशन दिनुका साथै रणनिती तयार पारेका हुन । उनले एक हप्ताभित्र नगरका घाइते छाडा पशुचौपायालाई गौशालामा राख्न निर्देशन दिएका छन ।
साथै असोज मसान्तभित्र नगरका भित्र पर्ने महेन्द्र लोकमार्ग आसपासका सबै छाडा गाइवस्तु गौशालामा लैजाने रणनिति तयार पारेका छन ।
साथै गौशाला ब्यवस्थापनका लागी तत्काल आवश्यक पर्ने रकम निकाशालागी पनि नगर प्रमुखले ब्यवस्था मिलाएका हुन ।
मधुबनधाम क्षेत्रमा रहेको गौशालाको तारबारका लागी नगरले रकम उप्लब्ध गराउने उनले बताए । सो क्षेत्रमा छाडा गाइवस्तुको ब्यवस्थापनका लागी एउटा समुहलाई जिम्मा दिई छाडा गायवस्तुको ब्यवस्थापन गर्न लागीएको हो ।








