गृहपृष्ठ Featured अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट

अध्यक्ष ली र सभामुख सापकोटाबीच शिष्टाचार भेट

काठमाडौं, भदौ २७।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशुबीच शिष्टाचार भेट भएको छ ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा उनीहरुबीच शिष्टाचार भेट भएको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ ।

ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।

सम्बन्धित् समाचार