गृहपृष्ठ Featured लुम्बिनी प्रदेश प्रमुख शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश

लुम्बिनी प्रदेश प्रमुख शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्य महान्यायाधिवक्ता कार्यालयले बुधबार एक समारोहका  बीच वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । मुख्य महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८–७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन हस्तान्तरण  गरेका हुन् ।  प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा सरकार विरुद्ध १२८ मुद्दा दर्ता भएको छन् ।

 

महान्यायाधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध दर्ता भएका १२८ वटा मुद्दा मध्ये ४८ वटा फर्स्योट भएको बताए । उनले अझै ८० वटा मुद्दा बाँकी रहेको बताए ।  सरकार विरुद्ध परेको मुद्दामा ६५ प्रतिशत मुद्दा सरकारले जितेको उनको भनाई छ ।

 

महान्यायाधिवक्ता कार्यालयमा कर्मचारीको कमी रहेकोले अपेक्षा गरे अनुसार कानुन निमार्ण र मुद्दा फर्स्योट गर्न भने नसकिएको बताए। प्रतिवेदन बुझ्दै शेरचनले  कार्यालयले पेस गरेको प्रतिवेदन सन्तोषजनक रहेको बताए । उनले सरकारबाट  केही  कमजोरी देखिए पनि धेरै  पक्ष राम्रा रहेको बताए ।

 

प्रतिवेदनमा ६५ प्रतिशत मुद्दाको फैसला सरकारको पक्षमा आउनु धेरै  राम्रो भएको  बताए । उनले आगामी दिन थप सुधार गर्दै  जनताका पक्षमा राम्रा निर्णय  गर्ने तर्फ लाग्नुपर्ने बताए ।

सम्बन्धित् समाचार