कपिलवस्तु ।
एस् क्यु सि अर्थात बिद्यार्थी गुणिय चक्र संचालन गर्दै देशभर शैक्षिक गुणस्तर र गुणस्तरिय बिद्यार्थीद्वारा राम्रा र असल चरित्रभएका नागरिक उत्पादन गर्ने अभियानमा अग्रसर संस्था क्वेष्ट नेपालको लुम्बिनी हव (२०२१-२०२४) कार्यसमतिको १० औं बैठक हथौसा लिटिल स्टार बोर्डिङ स्कुल ओदारि कपिलवस्तुमा सम्पन्न भएको छ ।

लुम्बिनी हवका कोर्डिनेटर मिलन भण्डारीको अध्यक्षता, सदस्य विद्यालयका प्राचार्यज्यूहरु, एस् क्यु सि मास्टर ट्रेनर, फेसिलिटेटर एवम् हव कोर्डिनेसन कमिटिको उपस्थितिमा सप्पन्न उक्त बैठकमा यहि भाद्र १७ गते सप्पन्न ७ औं एस क्यू सि लुम्बिनी हव कन्भेन्सनको बृहत समिक्षा गरिएको छ ।
समिक्षामा हथौसा लिटिल स्टारका एस क्यूसि कोर्डिनेटर अनिल कुमार बर्मा , विद्यालय संचालक रेशउ राज खनाल , रविन्द्र पौडेल , युनाईटेड स्टुडेन्ट्सका प्रदिप भट्टराई , भू. पु. सैनिक विद्यालयका प्राचार्य डम्बर बहादुर सोमै, ज्ञानपुन्ज बोर्डिङ स्कुलका सह प्राचार्य महेशराज पन्थ, आदर्श इ.बो. स्कुलका प्राचार्य कृष्णप्रसाद भट्टराई, चिल्ड्रेन प्याराडाईज इ. बो. स्कुलका प्राचार्य तथा प्याब्सन प्रदेश उपाध्यक्ष केशव सावकोटा, अन्नपूर्ण विद्या मन्दिरका प्राचार्य तथा एस क्यु सि मास्टर ट्रेनर मदन मल्ल, हथौसा लिटिल स्टार बोर्डिङ स्कुलका प्राचार्य एवम् प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डे लगायत उपस्थित फेसलिटेटर एवं शिक्षक प्रतिनिधिहरुले समिक्षा गर्दै कन्भेन्सन भव्यरुपमा सप्पन्न भएको र ऐतिहासिक बनेको साथै एस क्यु सि कन्भेनसनबाट विद्यार्थिहरुले भरिपुर्ण लाभ लिएको बताउनुभयो ।
७ ओेैँ कन्भेनसनको आतिथ्यता लिएको हथौसा लिटिल स्टार स्कुलका प्रचार्य सुन्दर पाण्डेले सबैलाई सविनय धन्यवाद प्रकट गर्नुभयो र आगामि वर्ष अझ बृहत् गराउन सहयोग गर्ने बताउनु भयो । समिक्षामा यस पटक भएका सकारात्मक कार्यलाई निरन्तरता दिँदै कमजोर पक्षहरुलाइ सुधार्दै ८ औं हव कन्भेन्सनको होस्टको जिम्मेवारी लिएको ज्ञानपुन्ज बो। स्कुल वाडगंगा अझ बृहत् एवम् ब्यवस्थित रुपमा सबैको सहयोगमा सप्पन्न गर्ने बाचा गर्नुभयो ।
यसअघि ७ओैँ हव कन्भेनसनको समापन कार्यक्रममा ८ओैँ हव कन्भेनसनको झण्डा ज्ञानपुञ्ज बोडिङ स्कुल वाडगंगा कपिलवस्तुलाई दिईएको हो । समिक्षालाई स्मरण गराउँदै संयोजक विद्यालय हथौसा लिटल स्टार, एवं सहभागी सबै अतिथि एवं विद्यालयलाई हव कोर्डिनेटर भण्डारीले धन्यवाद दिनुभयो साथै उक्त कन्भेनसनका सल्लाहाकारहरुलाई प्रशंसापत्र मार्फत सम्मान समेत गर्नुभयो ।
यस्तै १० औं बैठकबाट लुम्बिनी हब कोर्डिनेसन कमिटिले पुर्णता पाएको छ ।मिलन भण्डारीको नेतृत्वमा ७ सदस्यीय हव कमिटि चयन भएको हो । जसको समितिको सचिवमा अन्नपुर्ण विद्या मन्दिरका प्राचार्य मास्टर ट्रेनर मदन मल्ल, कोषाध्यक्षमा ज्ञानपुन्ज बो। स्कुलका सह(प्राचार्य महेशराज पन्त र सदस्यहरुमा हथौसा लिटिल स्टारका अनिल कुमार बर्मा, लिटिल वर्ड स्कुल सैनामैनाका अनिश भण्डारी, आदर्श बो। स्कुलका सह प्राचार्य रमेश भुसाल र युनाइटेड स्टुडेन्स एकेडेमीका प्रदीप भट्टराई सर्वसम्मत चयन हुनुभयो ।
यो हव कमिटिको कार्यविधि २०२४ सम्म रहन्छ । कमिटिलाई जिम्मेवारी र भूमिकाबारे सहजिकरण गर्दै हव कोर्डिनेटर भण्डारीले भविष्यमा उहाँहरुको मिहिनेत र परिश्रमले हव बृहत् हुने र प्रत्येक सदस्य विद्यालयमा एसक्यूसिलाई पाठ्यक्रमै लैजान पहल गर्नुपर्ने र सदैव यहि गतिमा अभियान लैजान यहि उर्जा राख्न अनुरोध गर्नुभयो ।
यस्तैगरि लुम्बिनि हवले सल्लाहकार समिती समेत गठन गरेको छ । जसमा प्रमुख सल्लाहकारमा कपिलवस्तु प्याब्सन अध्यक्षसमेत रहेका हथौसा लिटिल स्टारका प्र।अ सुन्दर पाण्डे, प्याब्सन केन्द्रीय सदस्य समेत रहेका न्यू शिशुका प्रअ शिवप्रसाद गैरे, प्याब्सन प्रदेश उपाध्यक्षसमेत रहेका चिल्ड्रेन्स प्याराडाईजका प्रअ केशव सापकोटा, वाणगङगा प्याब्सन नगर अध्यक्ष एवं ज्ञानपुञ्ज बोर्डिङका प्र।अ सुरेन्द्र पाण्डे, प्याब्सन जिल्ला सल्लाहकार समेत रहेका आदर्श ई। स्कुलका प्र।अ कृष्ण प्रसाद भट्टराई, भू। पु। सैनिक इ। बो। स्कुलका प्राचार्य डम्बर बहादुर सोमै, युनाइटेड स्कुल एकेडेमीका प्राचार्य कृष्ण केसि नियुक्त हुनुभयो । हवको ११ औं बैठक आदर्श बोर्डिङ स्कुल इमिलियामा बस्ने छ ।
सात सदस्यीय हव कमिटी र सात सदस्यीय सल्लाहकार समितिको संयुक्त पहलमा एस क्यु सि अभियानलाई थप उचाइमा पुर्याउदै लुम्बिनी हबलाई उत्कृष्ट बनाउदै यस जिल्लाका हजारौं विद्यार्थीलाई एसक्यूसिबाट लाभान्वित गराउन सैबैले अहम भूमिका निर्वाहा गर्नुपर्ने प्रमुख सल्लाहार एवं सल्लाहारहरुले बताउनुभयो । लुम्बिनी हवमा हाल १० विद्यालयहरुले क्वेष्ट नेपालको संस्थागत सदस्यता लिएका छन् । जसमा ४ विद्यालय न्यु शिशु बो. स्कुल, भू पु सैनिक बो। स्कुल,चिल्ड्रेन्स प्याराडाईज , शिवगढी इ। बो। स्कुलले नयाँ सदस्यको रूपमा आधिकारिकता पाएका हुन् ।
क्वेष्ट नेपालले आयोजना गर्ने एस् क्यु सि को २३ औं अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनी हवका ६ वटा विद्यालयहरुका विद्यार्थीहरु यही असोज २८,२९ र ३० गते सेन्ट जेभियर्स विद्यालय गोदावरी ललितपुरमा सहभागी हुने भएका छन् ।
विद्यार्थीहरु १५ बढी राष्ट्रहरुका सहभागी विद्यार्थीहरुमाझ केस स्टडी, पेपर प्रजेन्टेसन , प्रतियोगतात्मक एवं सामुहिक गतिविधिहरुमा सहभागी हने नवनियुक्त सचिव मल्लले जानकारि गराउनुभयो ।
बिद्यार्थीहरुले सामुहिक रुपमा आफ्ना समस्या आफै सामाधान गर्न सिकाउने यो अभियानले राम्रा र असल चरित्रभएका विद्यार्थी निर्माण गर्दै उनिहरुमा व्यक्तित्व विकास र नेतृत्व विकासमा गराउने ज्ञाताहरुको भनाई छ । बैठकमा विभिन्न अन्य महत्वपुर्ण प्रस्तावहरुमाथि छलफल भई निर्णय समेत भएका छन् ।








