गृहपृष्ठ Featured महाराजगंजमा एक सय २५ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेशन

महाराजगंजमा एक सय २५ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेशन

कपिलबस्तु, १ असोज ।

कपिलवस्तुको महाराजगंज नगरपालिका- १० स्थित हर्दौना स्वास्थ्य चोकीमा संचालित २ दिने निः शुल्क आखा शिबिरमा एक सय २५ जनाको मोतिया बिन्दुको अप्रेशन गरिएको छ ।

गत असोज भदौ ३० र ३१ गते शिबिरमा ७ सय ३५ जना बढीको आखा जाच गरिएको हो । महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बावु नारायणी आखा अस्पतालको प्राबिधिक सहयोगमा शिबिर गरिएको हो । शिबिरमा महाराजगंज नगरपालिकाका वडा नम्बर १० र यशोधरा गाउपालिका वडा नम्बर ८ लगायतका गरिब र बिपन्नहरु समेत आएका थिए ।

निःशुल्क अप्रशेन पछि लाभग्राहीहरुले आफुहरुले नया संसार देख्न पाएको भन्दै खुशी ब्यक्त गरे । शिबिरमा निःशुल्क मोतिया बिन्दुको अप्रशेनको सेवा पाए पछि हदौनाकी ८० बर्षिया केवलापति कोहारले आफुले आफुल नया जिवन पाए जस्तै भएको बताईन । घर आगन मै उपचार सेवा पाउदा दंग परेकी उनले मर्ने उमेरमा पनि नया संसार देख्न पाएको बताईन । बर्षौ देखि मोतिया बिन्दु रोगबाट ग्रसित बनेकाले उनले राम्ररी आखाले हेर्न सक्थिनिन । उनलाई जीवनयातमा समस्या हुदै आएको थियो ।

बिपन्न केवलाले आर्थिक अभावका कारण अन्धारमा बस्न बाध्य थिईन । शिबिरमा जाच पछि एक दिन मै उनको अप्रेशन गरिएको थियो । अप्रेशन पछि उनले आखा देख्न थालेकी छिन । गुमेको आखाको ज्योति फेरी पाए पछि उनी निकै हर्षित बनेकी छि । ‘ गुमेको आखाको ज्योति पाएको छु, नया जीवन पाए जस्तो लागेको छ ’ उनले भनिन । फेरी आखा देख्न पाउछु भन्ने आश मारेर बसेकी उनले आखा देख्न पाएकोमा आयोेजकलाई धेरै धेरै धन्याबद दिईन। ‘ बचेको जिवनमा आखाले आफनो परिवार, समाज, सर्बैलाइ हेरेर मर्न पाउने भए ’ उनले खुशीको आशु झार्दै भनिन । यस्तै शिबिरमा आखाको अप्रैशन गराएकी हदौना गाउकी ८२ बर्षिया जैबुन निसाले आखा देख्ने भए पछि फेरी नया जीवन पाएको अनुभुति भएको बताईन ।

निःशूल्क अप्रेशन सहीत चश्मा समेत पाएर दंग परेकी उनले आफुलाई निकै रमाईलो लागेको बताईन । शिबिरमा आएका मेवलनपनथि र जैबुन जस्तै १ सय २५जना नै बृद्धबृद्धा बिपन्नहरु नया आखाको ज्योति पाउदा दंग छन । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाले बृद्धबृद्धा र बिपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए । ‘ नगरबासीहरुलाई गरको प्रतिबद्धता अनुसार काम गरेका छु, ’ उनले भने । शिबिरमा गुुमेको आखाको ज्योति फेरी पाएर खुशी भएको देँख्दा आफनो मन प्रशंन्न भएको उनले बताए । ‘ बृद्धबृद्धाहरु हर्षित भएको देख्दा उनीहरुको आर्शिबाद पाए जस्तो लागेको छ ’ उनले भने । शिबिरमा १ सय ९३ जनालाई चस्मा समेत बाडिएको थियो ।

सम्बन्धित् समाचार