कपिलवस्तु ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कपिलवस्तुका ३ जना खेलाडि छनोटमा परेका छन् ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा आईतबारदेखि सुरु भएको लुम्बिनी प्रदेश स्तरीय विभिन्न विधामा भएको छनोटबाट सितोरिया कराँते खेलको लागि बुद्ध शक्ति डोजो कपिलवस्तु शिवराज नगरपालिकाका रबिन्द्र सुनार ,ताजेन्द्र घर्ती मगर र खुमबहादुर खाम्चा मगर छनौटमा परेको बुद्ध शक्ति डोजो कपिलवस्तुका प्रमुख रामु सुनारले जानकारी दिए ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मुलनारा सहित सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८ असोजमा पोखरा रंगशालामामा उद्घाटन हुने छ ।









