वैखरी अनलाईन्, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगाबाट ३ करोड बढि रकम उठाएर फरार भएकी महिला सम्पर्कमा आएकी छन । लक्ष्मी गुरुङ नाम गरेकी ती महिलाले आज साझ वैखरी अनलाइनका प्रधान सम्पादक अशोक पौडेललाई फोन गरेर आफु फरार नभएको बताइन् । म अहिले काठमाणडौ छु उनले भनीन ।
साथै उनले आफुले केही ब्यक्तिहरुसगं पैसा लिएको साथै समयमै फिर्ता गर्न नसकेको स्वीकार गर्दै १ बर्ष भित्र सबैको रकम फिर्ता गर्ने बाचा गरेकी छन ।
आफु फरार रहेको भन्ने समाचार वैखरी अनलाइनमा देखेपछि आफु तनावमा समेत परेको बताउदै पैसा फिर्ता नगर्ने आफनो नियत नरहेको उनले बताइन ।
यसरी थाहानै नदिई तपाई किन भागेको प्रधान सम्पादक अशोक पौडेलको प्रश्नमा उनले घरमा आफन्ती बिरामी परेको र आउने ठाउबाट पैसा नआएकाले आफु नआएको बताइन तर आफुले लिएको सबैको पैसा फिर्ता गर्ने बाचा गरीन ।
‘तपाइलाई नै साची राखेर सबैको पैसा फिर्ता गर्छु, म अफ्ठयारोमा छु, मेरो समस्या कृपया बुझिदिनुस,’ उनले भनिन् ।
साथै आफु बस्दै आएको घरको ताल्चा आफुलेनै खोल्न घरबेटीलाई भनेको बताइन । ‘सो कोठामा मेरो एकमुखे रुद्राक्ष र एउटा हिराको लकेट पनि थियो भेटीएन भन्दा अचम्म लाग्यो’ उनले भनिन् ।








