गृहपृष्ठ Featured बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बरमा ‘कृष्ण फर्निचर तथा काष्ठ उद्योग’

बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बरमा ‘कृष्ण फर्निचर तथा काष्ठ उद्योग’

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बरमा कृष्ण फर्निचर तथा काष्ठ उद्योग संचालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएसंगै फर्निचर तथा काष्ठ उद्योग संचालनमा आएको हो । उक्त उद्योगको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले उद्घाटन गरेका हुन् ।

स्थानीय स्तरमा संचालनमा आएका उद्योग व्यवसायलाई प्रवर्धन गर्न आफु सदैव तयार रहने अध्यक्ष घिमिरेले प्रतिवद्धता जनाए । संघले व्यवसायीको पिर मर्का बुझेर समयसमयमा व्यवसायी क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै जाने अध्यक्ष घिमिरेले बताए ।

युवा व्यवसायीहरुलाई स्थानीय सरकारले विशेष योजनासहित प्रवर्धन गर्न आवश्यक रहेको वडा नं.११ क वडाध्यक्ष नरेन्द्र प्रसाद थारुले बताए ।

अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत हुनु एक सबल पक्ष भएको उनको भनाई छ ।

बिभिन्न क्षेत्रमा अनुभव हासिल गरेका ३ जना युवाहरुको संयुक्त लगानीमा उक्त संचालनमा आएको हो ।

ओदारीमा आफै उत्पादित सामग्री विक्रि गर्ने संचालक मित्रलाल कडेलले बताए । उनले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन यस उद्योग महत्वपूर्ण सावित हुने उनले विश्वास व्यक्त गरे ।

उक्त फर्निचर तथा काष्ठ उद्योग उद्घाटन कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघ कपिलवस्तु अध्यक्ष घिमिरेसहित पूर्वअध्यक्ष उमानाथ पौडेल, बाणगंगा ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद थारु, वडा नम्बर ४ का पुर्ववडाध्यक्ष गणेश क्षेत्री, युवा समाजसेवी सुर्य बराल, दिनेश क्षेत्री तथा स्थानीय उद्योगी व्यापारीहरुको उल्लेख्य उपस्थिति थियो ।

सम्बन्धित् समाचार