सागर वि.क., वैखरी अनलाईन ।
महिलाहरुलाई अघि बढाउन उनीहरुको क्षमता अभिवृद्धिमा विशेष जोडदिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
महिलालाई विभिन्न अवसरबाट बञ्चित गरिनु कतिपय स्थानमा उनीहरुमा क्षमताको कमी देखीएको बताउँदै सरोकारवालाहरुले यस्तो बताएका हुन् । सोमबार विजया दशमीको अवसरमा नेपाल महिला संघ बाणगंगा नगरपालिका वडा नं.१ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

ट्रेड युनियन कपिलवस्तुकी पुर्व अध्यक्ष तथा वडा नम्बर १ की पुर्ववडाध्यक्ष बालकुमारी पन्त, नेपाल महिला संघ बाणगंगा नगरपालिका वडा नं.१ की सभापति तथा वडा सदस्य टोपकला वि.सी., अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिका अध्यक्ष तुल्सीराम घिमिरेले आत्मबलका साथ महिलाहरु अघि बढ्नपर्ने बताए ।
उनीहरुले पुरुष भन्दा बढी मतदाता रहेका महिलाहरु नै पछाडी पर्न दुःखद पक्ष भएको बताए ।
निरन्तरको प्रयास एवम् संघर्षले मात्र सफलता हासिल हुने भएकाले क्रमश कडा परिश्रम गर्नुपर्नेमा उनीहरुले जोड दिए ।









