गृहपृष्ठ खबर बाणगंगाको बङ्लामुखी दुर्गा मन्दिरमा भित्र्याइयो फूलपाती (तस्बिरहरू)

बाणगंगाको बङ्लामुखी दुर्गा मन्दिरमा भित्र्याइयो फूलपाती (तस्बिरहरू)

सागर वि.क., वैखरी अनलाईन ।

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइयो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

यसै क्रममा बाणगंगामा पनि फूलपाती भित्र्याइएको छ । वडा नम्बर १ जितपुरमा रहेको बङ्लामुखी दुर्गा मन्दिरमा आज विधिवत रुपमा फूलपाती भित्र्याइएको हो ।

मन्दिरबाट चारम्बर चोकसम्म परिक्रमा गरि पुनः मन्दिरसम्म लगेर फूलपाती भित्र्याइएको मन्दिर समितिका अध्यक्ष कृष्ण चालिसेले वैखरीलाई बताए । फूलपाती भित्र्याउने कार्य बाजागाजा, डोलीसहित नाँचगान गरेर स्थानीयहरुको उल्लेख्य सहभागितामा सम्पन्न भएको उनले बताए ।

 

परम्परागत रुपमा रहदै आएको धर्म साँस्कृतिको जर्गेन गर्न आफुहरु प्रतिवद्ध रहेको उनले बताए । 

मन्दिर परिसरमा लिङ्गे पिङ समेत बनाईएको छ ।

सम्बन्धित् समाचार