२२ असोज, घोराही ।
दाङको लमही–घोराही सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । गएराति खुलाइएको सडकमा पुनः पहिरो खसेपछि सवारी आउ-जाउ बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
गौतमका अनुसार शनिबार बिहानबाटै पहिरो हटाउने काम सुरु भएको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ–बुटवल सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । शुक्रबार बिहानदेखि पहिरोले अवरुद्ध सडक करिब २४ घण्टापछि खुलेको हो ।
पहिरो हटेसँगै ती सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।








