काठमाडौं ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई सत्ता गठबन्धनले सिट नछुट्याएपछि उनी मंसिर ४ मा हुने निर्वाचनमा उमेदवार नबन्ने भएका छन् ।
गौतम निकट स्रोतले दिएको जानकारीअनुसार उनको रोजाइ बर्दिया र प्युठानमध्ये एकमा थियो । तर दुवै क्षेत्रमा उनले टिकट पाएनन् ।
राष्ट्रिय सभा सदस्य रहेका गौतमले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्न चाहेका थिए ।
“बर्दिया १ मा कांग्रेस र प्युठानमा राष्ट्रिय जनमोर्चाले टिकट पाउनेगरी सत्ता गठबन्धनमा सहमति बनेको छ,” ती नेताले भने, “रोजाइका क्षेत्र नपाएपछि उहाँ चुनाव लड्ने तयारीमा हुुनुहुन्न ।”
सो पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पनि गौतम चुनाव नलड्ने बताए ।








