गृहपृष्ठ Featured तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

३० असोज, बुटवल ।

पाल्पाको तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–६ का शेषकान्त पराजुलीका १२ वर्षका छोरा सुजल पराजुलीको मृत्यु भएको हो ।

तानसेन–२ स्थित नारायणस्थान पोखरीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका पराजुलीलाई उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार