गृहपृष्ठ Featured भैरहवामा सार्वजनिक शौचालय सञ्चालनमा

भैरहवामा सार्वजनिक शौचालय सञ्चालनमा

भैरहवा ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ। शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेपछि शौचालय सञ्चालनमा आएको हो।

बिहीबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा लगाइएको ताल्चा खोलेर शौचालय सञ्चालनमा ल्याए।

आयोजित कार्यक्रममा नगर प्रमुख खानले जैविक सार्वजनिक शौचालय सञ्चालनले स्वदेशी र विदेशी नागरिकलाई सहज हुनुका साथै नगर स्वच्छ र सफा रहनेमा विश्वास व्यक्त गरे।

उनले शौचालयको सुरक्षा र संरक्षणमा नगरपालिकाको कार्यालयका साथै सरोकारवालाहरूले पनि ध्यान दिन आग्रह गरे।

सम्बन्धित् समाचार