गृहपृष्ठ Featured तिहारमा देउसी भैलो सभ्य तरिकाले खेल्न वडाध्यक्ष थापाको अपिल

तिहारमा देउसी भैलो सभ्य तरिकाले खेल्न वडाध्यक्ष थापाको अपिल

वैखरी अनलाईन, बुद्धभूमि ।

जिल्लाको बुद्धभूमि नगरपालिका- ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले तिहारमा देउसी भैलो सभ्य तरिकाले खेल्न अपिल गरेका छन् । उनले नेपालीहरुको दोस्रो महान पर्व तिहारमा समाजमा नकारात्मक असर पर्ने खालका गीत– संगीत तथा श्रव्य–दृश्य सामग्रीको उत्पादन र बिक्री वितरण नगर्न आग्रह गरे ।

देउसी भैलोजस्ता मोरञ्जनात्मक क्रियाकलापमा सलंग्न हुँदा प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालन गर्नुपर्ने उनले बताए । उनले देउसी भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिनुपर्ने बताए ।

साथै पटाका र आतशबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पर्ने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न उनले सुझाव दिएका छन् ।

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले समेत राति ९ बजेपछि देउसी–भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार