वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरुलाई वर्तमान संकटको अवस्थामा व्यवसायीहरुमाथि आतंक सृजना गर्ने कार्य तत्काल बन्द गर्न जोडदार माग गरेको छ । संघका अध्यक्ष डोलकराम घिमिरेद्धारा बुधबार जारी गरिएको एक विज्ञप्तिमार्फत यस्तो माग गरिएको हो । आफ्नो माग सुनुवाई नभए कडा कदम चाल्न बाध्य हुने समेत संघले चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारी पछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेको आर्थिक संकट तथा नेपाल राष्ट्र बैंक बाट जारी चालु पूजीं निर्देशिका २०७९ को कारण देश भरका उद्योगी व्यवसायी नीजि क्षेत्र धरासायी हुने अवस्था सृजना भएको छ । बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रभावमा गरेको ढिला सुस्ती असुलीमा ताकेता तथा चर्को व्याज दरका कारण उद्योग कल–कारखाना धमाधम बन्द हुँदै ज्ञ नेपाल सरकार, नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारका नीतिहरुलाई अविलम्ब सच्चाई उद्योग व्यवसाय मैत्री नीति निर्माण गर्न नेपाल उद्योग वाणिज्य महासंघका माध्यमबाट सम्पुर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको एक्यबद्धता अनुरुप हाम्रो कपिलवस्तु उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ ।’
उद्योगी व्यवसायी एवम् नीजि क्षेत्र धरासायी हुने अवस्थामा रहदाँ पनि स्थानीय स्तरमा संचालित बैंक तथा वित्तिय संस्थाहरुले मनपरि गरेकाले विज्ञप्ति निकालिएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए ।
उद्योगी व्यवसायीका माग सम्बोधन नभए आन्दोलन गर्न आफुहरु बाध्य हुने उनको भनाई छ ।
यस्तो छ विज्ञप्ति :









