गृहपृष्ठ Featured वनदेवी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो साधारण सभा सम्पन्न

वनदेवी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो साधारण सभा सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

वनदेवी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो साधारण सभा सम्पन्न भएको छ । विहिबार बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा वनको तेस्रो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा वनका अध्यक्ष मोतिलाल यादवले बार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले २७० घरधुरी परिवार यस सामुदायिक वनको उपभोक्ता रहेको बताए । कुल २८७.७१ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन उपभोक्ता समुहले वन कार्ययोजना हस्तान्तरण पश्चात थप वन हेरालुको व्यवस्थापन गर्दै वन क्षेत्रको संरक्षणबाट वन पैदावर उत्पादन वृद्धिदरमा उल्लेख्य सुधार गर्दै आएको अध्यक्ष यादवले बताए ।

पैदावरको पुनरुत्पादन, वृक्षरोपण, तारबार, वन क्षेत्रमा झाँडी सफाई, अग्नीरेखा निर्माण, डडेलो नियन्त्रण जस्ता कार्य निरन्तर रुपमा गर्दै आएको उनको भनाई छ । वनले संस्थागत तथा सामाजिक कार्य पनि गदै अघि बढेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।

उनले वनको आवश्यकताको प्राथमिकता र पहिचान गरि यथाशक्य आपुर्ति सहज बनाउन आफुहरु लागी पर्ने अध्यक्ष यादवले जिकीर गरे । कार्यक्रममा वनको आर्थिक बर्ष २०७८/७९ को आय व्यय तथा आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रम, निति तथा बजेट प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा वनका कोषाध्यक्ष मोहम्मद आरिफले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि ५ का वडाध्यक्ष रोमबहादुर थापाले वन संरक्षण वनका पदाधिकारीको मात्र जिम्मेवारी नभएको बताए । यसका लागी अन्य सरोकारवाला निकाय तथा उपभोक्ता समेत गम्भिर हुनु पर्ने उनको भनाई छ ।

वृक्षरोपण, तारबार, डडेलो नियन्त्रण जस्ता कार्य निरन्तर रुपमा गर्दै गए मात्र वन संरक्षणमा टेवा पुग्ने उनले बताए । वडाध्यक्ष थापाले एउटा वडाको भन्दा वनको बजेट धेरै हुने भएकाले दुवैको सहकार्यमा काम गर्दै जान आवश्यक रहेको बताए ।

बजेट निर्माणमा विशेष ध्यान दिन आग्रह गर्दै वडाध्यक्ष थापाले कार्यक्रमहरु योजनाबद्ध रुपले प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिए । कार्यक्रममा उपभोक्ताहरुले उपभोक्ताका हकहितको संरक्षण गर्दै अघि बढ्न सुझाव दिएका थिए ।

वनका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी एवम् उपभोक्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रम रेशमराज गिरीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार