गृहपृष्ठ Featured बाणगंगा नगरपालिका- २ मा कृषकलाई उन्नत घाँसको विउ वितरण

बाणगंगा नगरपालिका- २ मा कृषकलाई उन्नत घाँसको विउ वितरण

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिका- २ ले कृषकलाई उन्नत घाँसको विउ वितरण गरेको छ । कृषि तथा पशुपालन पेशामा लागको कृषकहरुलाई मुख्य प्राथमिकता दिएर घाँसको विउ वितरण गरेको वडाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

कृषि तथा पशुपालन कृषकलाई केही होस् भन्ने उद्देश्यले ५० वटा दर्ता भएका फर्म र ४ सय बढी कृषकहरुलाई उन्नत घाँसको विउ प्रदान गरिएको हो ।

चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत कृषकको आर्थिक स्तर माथि उकास्न घाँसको विउ वितरण गरिएको वडाध्यक्ष पौडेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगाका नगर प्रमुख चक्रपाणि अर्यालले कृषि क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको दाबी गरे । उनले वडा नम्बर २ ले विगतदेखि नै उदाहरणिय कार्य गर्दै आएको भन्दै खुशी व्यक्त गरे ।

वडाध्यक्ष पौडेलको अध्यक्षता र वडा सचिव नरेन्द्र पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रमम वडाका जनप्रतिनिधिहरु लगायत कृषकहरुको उपस्थिति थियो ।

उन्नत घाँसको विउ पाएपछि कृषकहरुले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार