गृहपृष्ठ Featured धमलाको निर्वाचन महासंग्राममा बलदेवसंग डिवेट गर्न डराए बलराम

धमलाको निर्वाचन महासंग्राममा बलदेवसंग डिवेट गर्न डराए बलराम

जितपुर, १९ कार्तिक ।
कपिलवस्तुको चर्चित निर्वाचन क्षेत्र, क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका एमालेका केन्द्रिय सदस्य बलराम अधिकारी सोही क्षेत्रका अर्का उम्मेदवार चक्रपाणी खनाल बलदेवसंग एउटै मंचमा फेस गर्न अर्थात् लाइभ डिवेट गर्न डराएका छन् ।

ऋषि धमलाको प्राइम टाइम टेलिभिजनको निर्वाचन महासंग्राम कार्यक्रमको टोली शनिबार कपिलवस्तु आएको थियो । प्रतिनिधि सभाका ३ निर्वाचन क्षेत्रमध्ये धमलाले प्राथमिकतामा राखी क्षेत्र नम्बर १ मा महासंग्राम कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवामा संचालन गरेका थिए ।

उक्त कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेव मात्र सहभागि थिए । यस निर्वाचन क्षेत्रको विकासको लागि दुवैका कुरा सुन्न र जनताका प्रश्न राख्ने अवसर प्रदान गर्न आफ्नो टोली कपिलवस्तु आए पनि एमालेका उम्मेदवार बलराम अधिकारी समावेश नभएपछि कार्यक्रम नै सोचेजस्तो नभएको ऋषि धमलाले बताए ।
विशेष श्रोतका अनुसार बलराम कार्यक्रममा नआउनुको पछाडी उनी एउटै मंचमा बलदेवसंग फेस गर्न डराउनु रहेको छ ।

राष्ट्रिय टेलिभिजनले यसरी आयोजना गरेको कार्यक्रममा जसरी पनि सहभागि भएर जनताको सवालको जवाफ दिनुको सट्टा आउँछु आउँछु भनेर अन्तिममा नआएपछि धमलाले नै आपत्ति जनाएका छन् । यसबाट मिडियाको उपेक्षा भएको धमलाका सहयोगी बताउँछन् । उनीहरु भन्छन् हामीले बलराम जिलाई अनुनय विनय गरेका थियौँ । एकदिन अघिबाट नै जसरी पनि आउन भनेका थियौँ तर उहाँले अन्तिममा धोका दिनुभयो ।

नेकपा माओवादी केन्द्रका सचिव समेत रहनुभएका उम्मेदवार बलदेव मात्र कार्यक्रममा सहभागि हुनुभयो । उहाँ भएको भए अझै राम्रो हुने थियो ।
बलराम किन कार्यक्रममा सहभागि भएनन् त्यो थाहा छैन तर बलदेवसंग एउटै मंचमा फेस गर्न डराएको कारण पनि हुन सक्ने जानकारहरु बताउँछन् ।

कार्यक्रममा सहभागी भएका मतदाताले पनि कार्यक्रममा सहभागि नभएर बलरामले गैरजिम्मेवारपन प्रदर्शन गरेको बताएका छन् । एक मतदाताले भने बलराम र एमालेप्रति जिल्लाको विकासका हाम्रा थुप्रै प्रश्न थिए । धमलाको कार्यक्रम भएपछि सबै आउँछन् होला भनेर आयौँ तर बलदेव मात्र आएका रहेछन् बलराम आएनन् । उहाँलाई अब कसरी भोट दिनु ?
कार्यक्रममा सहभागि भएका अरु दर्शकले पनि बलराम बलदेवसंग संगै डिवेट गर्न डराएको हुन सक्ने बताएका छन् । जिल्लाका पत्रकारले समेत बलरामले मिडियाको उपेक्षा गरेको बताएका छन् । कार्यक्रममा स्वतन्त्र उम्मेद्वार देवेन्द्र शर्मा समेत सहभागि थिए ।

बलरामको ब्यस्तताबारे उनीनिकट श्रोतलाई बुझ्दा चुनावको प्रचारप्रसारमै ब्यस्त रहेकाले सहभागि हुन नसकेको पाइएको छ । उनी केही दिन बस्ने गरी मायादेवी र शुद्धोधन गाउँपालिकामा रहेका छन् । क्रषि धमलाको यस्तो कार्यक्रम हो जहाँ दलका शीर्ष नेता नै सहभागि हुन्छन् ।

यसअघि पनि बलराम वाणगंगामा आयोजना भएको चियापान तथा निर्वाचन विशेष कार्यक्रममा पनि सहभागि नभएर अन्तिम समयमा धोका दिएका थिए ।

 

सम्बन्धित् समाचार