कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुरमा अवस्थित राष्ट्रिय वाणिज्य वैंक वाणगंगा शाखाले सेवाग्राहिहरुको मागलाई मध्यनजर गर्दै एटिएम संचालनमा ल्याएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको एक मात्र वैंकको रुपमा रहेको वाण्ज्यि वैंकको वाणगंगा शाखा जितपुरले मंगलवारदेखि एटिम संचालनमा ल्याएको हो ।
बैंकिङ कारोबारलाई सहज र सरल बनाउनका लागि सो वैंकले एटिएम जडान गरेको बैंकका व्यवस्थापक रामजी पोख्रेलले जानकारी दिएका छन । एटिएम जडान गरेसँगै सेवाग्राहीरुले अत्याधिक लाभ लिन सक्ने उनले बिश्वास ब्यतm गरेका छन । एटिएम जडान पछि सेवा लिन अझ सहज हुने कपिलवस्तु उद्योग बाणिज्य सघंका सचिव मनोज पौडेलले बताए ।
वाणिज्य वैंक वाणगंगा शाखा जितपुरमा एटिएम संचालन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै५ वर्ष मुनिका बालबालिकालाई कति दिने स्क्रिन टाइम ?
१३ घण्टा अघि








