वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केही बेर अघि मात्र बाणगंगा ४ स्थित बाणगंगा मावि गजेहडामा मतगणना कार्य सुरु भएको हो ।
सर्वदलीय बैठकपछि भएको सहमति अनुसार मतगणना कार्य सुरु भएको हो ।
यस क्षेत्रमा पनि मुख्य रुपमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
अहिले जिल्लाका तीन वटै निर्वाचन क्षेत्र नम्बरमा जारी छ ।








