वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ ‘१’ को मत गणना केही बेरमा सुरु हुने भएको छ । यहाँ गठबन्धनका उम्मेदवार डोलकराम घिमिरे र नेकपा एमालेका उम्मेदवार विष्णु पन्थीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
१ लाख ४१ हजार १३ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर १ मा ९२ हजार ४ सय ९० मत खसेको थियो ।
अहिले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मत गणना भईरहेको छ ।








