काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलको जित निश्चित भएको छ ।
उनले नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै प्रतिनिधिसभामा आफ्नो स्थान पक्का गरेका हुन् ।
काठमाडौं–५ मा अब ३७७९ मत मात्र गन्न बाँकी छ । तर, पौडेलले अहिले नै ४६११ मतको अन्तरमा अग्रता कायम गरिसकेका छन् ।
अहिलेसम्म ४५ हजार ९७ मतमध्ये ४२ हजार २० मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले ९ हजार ४६६ मत पाएका छन् ।








