गृहपृष्ठ खबर मन्जु र खेमको ‘ काचो बेलौती ’ गीत सार्वजनिक (भिडियोसहित)

मन्जु र खेमको ‘ काचो बेलौती ’ गीत सार्वजनिक (भिडियोसहित)

देशभर मेला महोत्सवको मौसम चलीरहदा चर्चित लोक दोहरी गायिका मन्जु भट्टराईको ‘ काचो बेलौती ’ बोलको लोकदोहरी गीता सार्वजनिक गरिएको छ । गायिका भट्टराई र लोकप्रिय गायक खेम सेञ्चुरीको आवाज रहेको गीत खेम सेन्चुरीको आधारिक यु ट्युब च्यानबाट मंसिर १७ गते सो गीता सार्वजनिक गरिएको हो ।

सो गीत गायक सेन्चुरीको शब्द र सुनिल क्षेत्रीले छायांकन गरेका हुन । गीतमा मोडेल अंजली अधिकारी र गायक संचुरीको नृत्य रहेको छ । सो गीत सार्वजनिक भएको केही दिन मै लोकप्रिय बन्दै गएको छ । गत डिसेम्बर ३ मा सार्वजनिक भएको गीत अहिले सम्म झन्डै तीन लाखले हेरी सकेका छन । यस्तै टिकटमा समेत रुचाइएको छ ।

दुई बर्ष अघि पनि गायिक भट्टराई र गायक संचुरीकै आवाजमा ‘ यो केटा पल्क्यो बरिलै बोलको लोकगीत सार्वजनिक गरिएको थियो । अर्घाखाचीको सितगंगा नगरपालिकामा जन्मिएकी गायिक भट्टराईले बिगत ६ बर्ष बढी देखि बुटवल शहरलाई आफनो कर्मथालो बनाएर अघि बढेको बताईन । सानै देखि लोकगीत प्रति रुची रहेका उनले अहिले गाएको काचो बेलौती बोलको गीतमा आफुलाई बढी आशा रहेको बताईन । ‘ यो गीतमा मेरो धेरे आशा छ, दर्शकहरुले रुचाउनु भएको छ ’ उनले भनिन ।

उनले दर्शकहरुलाई माया साथ दिन आग्रह गरिन । बुटवलबाट प्रसारित हुने राज्य टेलिभिनको लोक सुसेरी कार्यक्रमको संचालिका समेत रहेकी उनले लोक गीत आफनो जीवनको अभिन्न अंग भएको बताईन । यस अघि भो भो सानु, गोरखपुरे रेल लगायतका आधा दर्जन गीत उनकै आवाजमा आई सकेको छ ।

सम्बन्धित् समाचार