जन्मदिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्ने उद्देश्यसहित एक सञ्चारकर्मीले आफ्नो जन्मोत्सवको अवसरमा मानवीय कार्य गरि उदाहरणीय कार्य गरेकी छिन् ।
अर्घाखाँचीको शितगंगा नगरपालिका- १३ सिमलपानीमा जन्म भई आफ्नो अध्यन र कार्यको शिलसिलामा हाल कपिलवस्तु बाणगङ्गा निवासी सन्चारकर्मी अनि समाजसेवी अनिता क्षेत्री (अनु) ले आफ्नो जन्मदिनको अवसरमा शितगङगा- २ सितापुर निवासी नारायण पौडेलको यहि मिति २०७८/०७/१९ यात्रा गर्ने क्रममा ठाडामा सवारी दुर्घटनमा भई हाल काठमाडौको किर्तिपुर हस्पिटलमा उपचाररत पौडेलको स्वास्थ्य लाभको कामना गर्दै सञ्चारकर्मी क्षेत्रीले जन्मोत्सवको अवसरमा रु ३ हजार ३ सय आर्थिक सहयोग गरेकी छिन् ।
कपिलवस्तुको वाणगंगामा रहेको हर्ट विट एफ.एम, शितगंगा बुलेटिन, लुम्बिनी दर्पण अनलाईन लागाएत विभिन्न सन्चार क्षेत्रमा आवद्ध सन्चारकर्मी क्षेत्रीले आफ्नो जन्मोत्सवको अवसरमा सहयोग गर्नु भएको भन्दै पौडेल परिवारले उहाँलाई जन्मदिनको शुभकामना सहित हार्दिक धन्यवाद व्यक्त गरिन् ।
सञ्चारकर्मी क्षेत्रीले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताईन् । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला क्षेत्रीले गतिलो उदाहरण दिएकी छिन् ।
उनले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै गर्दै आएकी छिन् ।








