कृष्ण कुमार यादव ,महाराजगंज ।
महाराजगंज नगरपालिका वडा नं.११ मा कम्बल वितरण गरिएको छ । आज मंगलबार एक कार्यक्रम आयोजना गरि वडा कार्यालय बाड़ेगाउमा जेष्ठ नागरिक, एकल महिला तथा शारिरीक रुपमा अशक्त व्यक्तिलाई कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथि महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम थिए। सबै सर्वसाधारण जनताहरुलाई निरन्तर जाडोको समयमा कम्बल र न्यानो लुगा वितरण गर्ने बताए ।
सो कार्यक्रममा बोल्दै कार्यक्रम महाराजगंज नगरपालिका-११ का वडा अध्यक्ष धनमेन्द्र कुमार पूरी ‘बाबा’ ले अत्यधिक जाडोको कारण ले गर्दा जेष्ठ नागरिक,एकल महिला,महिला,अपांग पुरुष(महिला जनजिवन प्रभावित भएको बताए । उनले यो जाडो मौसमलाई मध्ये नजर गर्दै कम्बल वितरण गरेको बताए ।
महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामको प्रमुख आतिथ्यता, उपप्रमुख रीता कुमारी कुर्मीको विशिष्ट आतिथ्यता, वडा सदस्य अवदेश कुमार यादव, राधेश्याम कुर्मी, महाराजगंजका युवा नेता अफताब आलम, समाजसेबी राम सवारे कुर्मी लगायतको सहभागिता रहेको कार्यक्रम वडा सचिव प्रदीप कुमार कहारको संचालनमा सम्पन्न भएको हो ।








