गृहपृष्ठ Featured ‘पठान’ को सफलतापछि ‘पठान २’ को घोषणा

‘पठान’ को सफलतापछि ‘पठान २’ को घोषणा

भारतीय अभिनेता शाहरूख खानले ‘पठान’ को सफलतापछि ‘पठान २’ को निर्माण गर्ने घोषणा गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूख, दीपिका पादुकोण, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए । यो पठानको पहिलो पत्रकार सम्मेलन थियो ।

उक्त पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेका हुन् ।

उनले कार्यक्रममा बोल्दै भनेका छन्, ‘पठान’को सफलतापछि मेरो परिवार निकै खुशी छन् । यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु ।’

शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताएका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ । यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन् ।

सम्बन्धित् समाचार