गृहपृष्ठ खबर मलामी बोकेको बस कपिलवस्तुमा दुर्घटना, ३ को अवस्था गम्भीर

मलामी बोकेको बस कपिलवस्तुमा दुर्घटना, ३ को अवस्था गम्भीर

कपिलवस्तुमा मलामी बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि २८ जना घाइते भएका छन् भनेघाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बुधबार (आज) ४ बजे कपिलवस्तुको मायादेवी गाउपालिकाको पकडीबाट भैरहवा तर्फ जादै गरेको लु १ ख ७०५२ नम्बरको सिद्धार्थ यातायातको मलामी बोकेको बस दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते ३ जनालाई उपचारको लागि भैरहवा लगिएको छ । अन्य सामान्य घाइतेको स्थानिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार