गृहपृष्ठ Featured कांग्रेसद्वारा ९ मन्त्रालयमा दाबी पेश

कांग्रेसद्वारा ९ मन्त्रालयमा दाबी पेश

काठमाडौँ ।

सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेश गरेको हो ।

यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ । यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताए ।

बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको ती नेताको भनाइ छ ।

सम्बन्धित् समाचार