गृहपृष्ठ Featured बुटवल-१२ नयाँगाउँमा साढे ५ करोड लगानीमा पहिलो सिटी कलेज

बुटवल-१२ नयाँगाउँमा साढे ५ करोड लगानीमा पहिलो सिटी कलेज

रुपन्देही ।

लुम्बिनी बौद्ध विश्व विद्यालयलाई थप व्यवस्थित बनाउन जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । बुटवलमा विश्वविद्यालय अन्तर्गतको पहिलो सिटी क्याम्पस उद्घाटन कार्यक्रममा उनीहरूले बौद्ध शिक्षासँग सबै विषयमा अध्यापन गर्ने नमूना विश्वविद्यालय बनाएर समग्र जिल्लालाई शैक्षिक हब बनाउने अभियान थाल्ने बताएका हुन् ।

बुटवल-१२ नयाँगाउँमा बुद्धिजमका विविध विषयमा पढाई हुँदै आएको यो क्याम्पसको पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै बुटवललाई शैक्षिक हबको रूपमा विकास गरिने बताए ।

उनले लुम्बिनी बौद्ध विश्व विद्यालय चाहिन्छ भन्ने अभियानमा आफूले लामो समयदेखि नै पहल गर्दै आएको बताउँदै काठमाडौंमा रहेको लुम्बिनी विश्व विद्यायलले लुम्बिनीमा केन्द्रीय कार्यालय स्थापना गरेर छाटो समयमा राम्रो प्रगति गरेको बताए ।

लुम्बिनी विश्व विद्यालयललाई राज्यले निरन्तर सहयोग गर्नुपर्ने भन्दै यसको जिम्मा सरकारले लिएर सबै प्रक्रिया अगाडि बढाउनको लागि पौडेलले आग्रह गरे । उनले राज्य संयन्त्रले बौद्ध शिक्षाको लागि लगानी गर्नुको विकल्प नभएको बताए । पौडेलले जनताको साथ, समर्थनबाट रुपन्देही एउटा नमूना जिल्लाको रूपमा देशमा मात्रै नभएर विदेशमा पनि पहिचान बनाउन सफल हुने बताए ।

सम्बन्धित् समाचार