गृहपृष्ठ Featured घट्यो सुन चाँदीको मूल्य

घट्यो सुन चाँदीको मूल्य

काठमाडौं ।

सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८०० र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सम्बन्धित् समाचार