गृहपृष्ठ Featured चलचित्र प्रसाद–२ रिलिज गर्न खुल्यो बाटो

चलचित्र प्रसाद–२ रिलिज गर्न खुल्यो बाटो

काठमाडौं ।

चलचित्र प्रसाद–२ रिलिज गर्न बाटो खुलेको छ । यसअघि उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल चलचित्र रिलिज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेश सोमबार न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले खारेज गरेको छ ।

चलचित्र प्रसाद–२ तत्काल रिलिज नगर्न उच्च अदालत पाटनको न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अन्तरिम आदेश जारी गरेको छ । साथै, इजलासलबाट विपक्षी बनाइएका चलचित्र बोर्डसहित नौ प्रतिवादीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

चलचित्रका निर्माता केशव पाण्डेले निर्माताहरुबीचको विवाद समाधान नहुँदै चलचित्र रिलिज रोक्न माग गर्दै उनले निषेधाज्ञाको रिट दायर गरेका थिए । सोमबार इजलासले प्रसाद –२ फिल्म निर्माण गर्ने इजाजत केशव पाण्डेले प्राप्त नगरेको तथा सुलभ थापा प्रोडक्सन प्रा.लि.ले इजाजत प्राप्त गरेको भन्दै पहिले भएको अल्पकालीन अनतरिम आदेश खारेज गरेको छ ।

साथै, करारको सम्बन्धमा छुट्टै कानूनी उपचारको मार्ग अपनाउन सक्ने नै देखिएको तथा निर्माण भइसकेको चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि अन्तरिम आदेश जारी हुन नपर्ने आदेशमा उल्लेख छ ।

सम्बन्धित् समाचार