प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेल लगायतको अभिनय रहेको फिल्म हो । पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।
शिव ढकालको छायाङ्कन रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह निर्माता रहेको फिल्म दर्शकलाई नयाँ वर्ष २०८० को उपहार स्वरूप रिलिज गरिएको हो । ‘बिहे पास’ फिल्म वितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोस्रो फिल्म हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पतिपत्नीको भूमिका निर्वाह गरेको फिल्म उपेन्द्र सुब्बाले लेखेका हुन् । लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा बनेको फिल्म निर्देशक सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय देख्न सकिन्छ ।
‘बुलाकी’ :
टोपेन्द्र विष्टको निर्माण रहेको फिल्म ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । नरेन खड्का, सुरक्षा पन्त र बिराज बिस्टको मुख्य भूमिका रहेको फिल्म स्व.मोती बिस्टको प्रस्तुति रहेको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म कर्णाली भेगको जनजीवन र जारी प्रथामा आधारित रहेको छ । फिल्मको वितरण गोपाल कायस्थ र एफडिले गर्दैछ ।