गृहपृष्ठ Featured आइपीएल : लखनउमाथि बेंग्लोरको जित

आइपीएल : लखनउमाथि बेंग्लोरको जित

काठमाडौं ।

इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरलले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।  घरेलु मैदान ऐकना स्टेडियममा लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो ।

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
नौं खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ भने नौ खेलमा पाँच जित र चार हारका साथ लखनउ अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

सम्बन्धित् समाचार