गृहपृष्ठ Featured गुल्मी अस्पतालमा राज्यको करोडौं लगानी बालुवामा पानी !

गुल्मी अस्पतालमा राज्यको करोडौं लगानी बालुवामा पानी !

गुल्मी । 

२०७६ सालको अन्तिमबाट कोभिड महामारीले विश्व नै आक्रान्त बन्यो, नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। गुल्मीमा पनि कोभिडका बिरामी देखिए, दिनानुदिन तम्घासको चिदीचौरमा दिनकै तीनवटा हेलिकप्टरसम्म बिरामीको उपचारका लागि चितवन, काठमाडौं ओसारे। बिरामीको स्वाब परीक्षण गर्न बुटवल र काठमाडौंमा स्वाब पठाएको एक हप्तासम्म पनि परीक्षण रिपोर्ट आउन सकेन।

त्यसैलाई मध्यनजर गर्दै जिल्लामै कोभिड ल्याबको संचालन गर्नका लागि २०७७ साल जेठ ३१ गते जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गर्‍यो।

​बैठकमा प्रयोगशाला लागि आवश्यक उपकरण खरिद गर्न र जनशक्ति व्यावस्थापनको लागि प्रति नगरपालिका १५ लाख र प्रति गाउँपालिका १० लाख उपलब्ध गराउने सहमति भयो।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पिसीआर मेसिनको जोहो गरी २०७७ साल असोज १ गते तामझामका साथ कोभिड परीक्षण प्रयोगशाला ल्याब उद्घाटन गरे।

करिब  ५० लाखको पिसिआर मेसिनसहित प्रयोगशालाका सामग्रीहरु गरेर करिब एक करोड खर्च भयो। अहिले पिसिआर मेसिनसहितका स्वास्थ्य सामग्री प्रयोगविहीन भएर थन्किएका छन्।

दुई पटक गरेर प्रयोगशाला संचालनमै ७० लाखभन्दा बढी खर्च गरियो। प्रयोगशाला भएको भवनमा अहिले रेसुंगा नगरपालिका वडा नं ९ को वडा कार्यालय संचालन गरिएको छ।

सम्बन्धित् समाचार