बिप्लव नेतृत्वकाे नेकपाले आज आइतवार नेपाल बन्दको आह्वान गरेको छ ।
अरुण तेस्रो भारतलाई निमार्ण गर्न दिने यस अघिको निर्णयलाई संयुक्त सिलन्यास गरिएको ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भारतीय सेना अस्वभाविक प्रवेश लगायतको विरोध स्वरुप नेपाल बन्दको आह्वान गरिएको नेकपाका रुपन्देही इन्चार्ज शरद ओलीले नागरिक आवाजलाई जानकारी दिए ।
बन्दका क्रममा कक्षा ११ का परिक्षा दिने विद्यार्थी, एम्वुलेन्स, दुध, तरकारी बोक्ने साधन,सव वाहान, कुटनीतिक नियोग, पत्रकारका साधन संचालनमा रोक नलगाइने उनकाे भनाई छ ।
बन्द आईतवार विहान ५ बजे देखि साझ ५ बजे सम्म रहने नेकपाले जनाएको छ ।