गोलभेंडाका तीन रंग - जीवन युगीन गोलभेंडालाई हरियो जीऊ र हरियो नै पहिरनमा पनि देखेको हुँ मैले गोलभेंडालाई कुमारी, मसिना पहेँला फूलमा पनि देखेको हुँ तिनै फूलमा नदेखिने पराग मिसिएपछी, डल्ला, डल्ला फल लाग्दै गरेको पनि देखेको हुं त्यत्तिबेला सोचें, जीन्दगी, यो जिन्दगी कम्तिमा पनि गोलभेंडा जति काम लाग्ने हुनैपर्छ पछि लटरम्म फलेको देखेपछि लाग्यो , जीन्दगीको घर गोठ, पाली भान्छा र भकारी लालाबाला सारा रहस्य सिङ्गो भविष्य गोलभेंडाकै छेउछाऊ पो छ कि? अहो ! किचिरा गोलभेंडाको बैँस ? गोलभेंडाको वैंशमै मोहीनी छ कि ? गोलभेंडाको बैँस आतंक ख्यालख्यालमै उत्सव बनिसकेर सुहागको क्षणभित्र पराग पोखिने बित्तिकै, जीन्दगीले सांच्चै यु टर्न लिंदोरहेछ आखीर जिन्दगी फूल,पात र फल विऊ पात वा जराको दु:ख, सुख जा जालझेलको जे देखिएपनी, जसरी लेखिएपनी पहेंलो, नीलो र रातो तीन रंगको तालमेल न रहेछ जीन्दगी आखिर एक डल्लो गोलभेंडा न रहेछ होइन र ?
गृहपृष्ठ कला/साहित्य गोलभेंडाका तीन रंग