गृहपृष्ठ कला/साहित्य कविता – वितृष्णा

कविता – वितृष्णा

प्रकाशित मिति:

कविता - वितृष्णा                                          लक्ष्मण पुरी 

निरास
थकित
अनि विस्मित
मेरा आँखाहरु

लथालिड्ड
भताभुड्ड
अनि विरक्तिएका
मेरा सपनाहरु

कुण्ठित
सीमित
अनि च्यातिएका
मेरा चाहनाहरु

यि आँखाहरु त्यसै थाकेका होइनन्
यी सपनाहरु त्यसै लुकेका होइनन्
यी चाहनाहरु त्यसै खुम्चिएका होइनन्

मात्र चोरिएका हुन्
ठगिएका हुन्
खोसिएका हुन्
झुक्याइएका हुन्

नवीन परिवर्तनको आशामा
समृद्ध निर्माणको कल्पनामा
अनि सुन्दर भविष्यको भरोसामा ।

लक्ष्मण पुरी 
कपिलवस्तु ।

 

सम्बन्धित् समाचार