गृहपृष्ठ ज्योतिष /वास्तु साप्ताहिक राशिफल

साप्ताहिक राशिफल

प्रकाशित मिति:

१. मेष : ( चु, चे, चो, ला, ली, लु, ले लो, अ )
– समय राम्रो छ। कुनै पनि पाटि वा समारोहमा सहभागी हुने अवसर मिल्ला। यसै गरि छोटा यात्राहरुको सम्भाव्यता पनि देखिन्छ। जग्गा जमिनको कामबाट विशेष लाभ मिल्नेछ । व्यापार व्यवसायबाट राम्रै लाभ मिल्नेछ तर केहि उत्तेजना वा उग्रताको कारण सम्बन्धमा भने केहि खटपट आउन सक्छ। संतान्हारुबाट खुसीको समाचारहरु प्राप्त हुनेछन भने मन हर्सित रहनेछ।
२ वृष: ( इ, उ, ए, वो, वा, वि, वु, वे, वो )
– सप्ताह सुखमय नै छ। सोचेजस्ता प्रतिफलहरु आउनेछन्। आत्माविश्वाश बढ्नेछ। जोस र जागरका साथ् कार्यमा रुचि बढ्नेछ। रोजगारीका नया बाटाहरु पनि देखिनेछन् भने घरपरिवार भित्र जिम्मेवारी पनि बढ्नेछ। कुनै पनि निर्णय गर्दा सोच विचार गरेर मात्र गर्नुहोला।
३. मिथुन: ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
– यो सप्ताह सामान्यतय राम्रै देखिन्छ। जागीरमा पदोन्नति वा स्थान्तरणको सभाव्यता रहेको छ। व्यवसायमा भने त्यति सन्तोजनक रहने देखिदैन। मनमा अशान्ति वा भ्रम आउनेछ। नसोचेका सम्बन्धि वा मित्र सग भेट होला। अनावश्यक विवादले समय खर्च हुन् सक्छ। समयको सदुपयोग गरेर अगाडी बढ्नुहोला।
कर्कट: ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
– सप्ताह सामान्य रहेको छ। अधुरा कामहरु पुरा हुनेछन्। सन्तान पक्ष बाट भने केहि असन्तुस्टी देखिनेछ। कुनै कार्यक्रम वा समारोह मा तपाइको प्रस्तुति राम्रो रहनेछ। पढाइमा रुचि र प्रेम सम्बन्धमा प्रगतिशील रहनेछ। उठाउन बाकी रहेका धनहरु आउनेछन भने नसोचेका खर्चहरु हुने सम्भाव्यता पनि देखिन्छ।
सिंह: ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
– व्यसायबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ। आर्थिक द्रिस्टिकोनबाट तपाइको यो सप्ताह राम्रै मान्न सकिन्छ। नया सम्झौता वा साझेदारी बढ्नेछन् भने स्वस्थ स्थितिमा केहि खराबी देखिन सक्छ।
कन्या: ( टो, पा, पी, पु, ष, ण, ठ, पे, पो )
– परिस्थिति तपाइको सोचे अनुरुप नै बित्नेछ। गर्न खोजेका काम कारोबार हरु सफल हुनेछन् भने छोटा यात्राहरुको पनि प्रवल सम्भावना रहेको छ। सानातिन चोटपटक वा मानसिक तनावले दुख दिन सक्छ। काममा अवरोध गर्न खोज्नेहरु आएता पनि सफलता मिल्नेछ।
तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
– नोकरीमा समस्या आउन सक्छ भने शिरमा कामका बोझहरु बढ्नेछन्। थकानको महसुस हुनेछ। आलास्यताको कारण कामहरु भने अधुरा रहन सक्छन्। मन भगवानातार्फ़ आकर्षित हुनेछ भने कुनै मन्दिरको दर्शन गर्ने अवसरहरु पनि मिल्नेछ। आर्थिक लेनदेनमा भने विचार पुर्याउनुहोला।
वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यी, यू)
– घरेलु समस्याले दुख दिन सक्छ। स्वाशाप्रश्वासको समस्याले स्वास्थ्यलाई प्रभावित बनाउन सक्छ। खासगरी यो हप्ता तपाइको लागि परिवर्तनशील रहेको छ। नया कार्यको सुरुवात, पुनर्निर्माण, यात्रा, आदिको लागि शुभ समय रहेको छ। जीवनसाथीको साथ् र सहयोग मिल्नेछ बिग्रिएका सम्बन्धहरु पनि बलिया हुनेछन्।
धनु: ( ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
– सुरुवातका दिनमा केहि तनाव वा चिन्तापूर्ण भएता पनि सप्ताहको अन्त्यतिर भने सोचेजस्तो हुनेछ। विरोधीहरु पनि तपाइको पक्षमा नै उभिनेछन्। प्रतियोगिताहरुमा सफलता मिल्नेछ। रोकिएको धन कहिँ न कहिँ बाट प्राप्त होला।
मकर: ( भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी )
– यो हप्ता तपाइको लागि मध्यम नै रहेको छ। थोरै व्याकुलता वा उग्रताको कारण विवादमा फस्नुपर्ने देखिन्छ। बोलीमा नियन्त्रण राख्नुहोला र मनलाई धर्मकर्ममा लगाउनुहोला। पढाइमा तेती लाभ हुदैन भने मित्रसगको भेटघाटले समय व्यर्थमा बितेको अनुभब हुनेछ।
कुम्भ: ( गु, गे, गो, सा, सी, सु, से, सो, दा )
– सोचेका योजनाहरुमा अवरोध आउन सक्छन्। एकदम सावधानीको साथ कार्यलाई अगाडी बढाउनु होला। मातापीता सागको सम्बन्धमा उतारचढाव आउनेछ भने मनमा आशंकाहरु बढ्नेछन्। होसियारी या धैर्यताका साथ् अगाडी बढ्नुहोला।
मीन: ( दि, डु, थ, झा, ञं, दे, दो, चा, ची )
– नोकरीबाट संतुष्टता मिल्नेछ। मानसम्मानको योग रहेको छ भने महत्वपुर्ण ब्यक्तिहरुसगको भेटले नया सोचको विकास हुनेछ । मनोरन्जनामा समय बित्नेछ। मनमा आननादको अनूभूति होला।
युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र, पोखरा

सम्बन्धित् समाचार