गृहपृष्ठ खबर बिद्युत र खानेपानी आएपछि स्थानिय खुशी

बिद्युत र खानेपानी आएपछि स्थानिय खुशी

प्रकाशित मिति:

वैखरी अर्घाखाची संवाददाता, ७ जेठ ।
अर्घाखाचीको सितगंगा १४ सुखौराका स्थानियले आफनो गाउमा बिद्युत र खानेपानीको सुबिधा पाएपछि खुशी भएका छन । बिद्युत र खानेपानीको समस्या झेल्दै आएका सुखौराबासीले सुखका दिन आएको बताउदै खुशी भएका हुन । सुखौरामा आयोजित एक कार्यक्रममा प्रदेशसभा सदस्य रामजी घिमिरेले बिद्युतको स्वीच अन गरी र धाराको पानीको टुटी खोली उद्यघाटन गरेका थिए । उद्यघाटन गर्दै बिद्युत र खानेपानीको समस्या समाधान हनाले पनि यस क्षेत्रलाई बिकासको गतिमा अगाडी बढेको महशुस भएको उनले बताए । त्यस्तै सितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले सुखौरा क्षेत्रलाई बिकासका हिसावले प्राथमिकतामा राखीएको बताउदै बिकासका सबै पुर्वाधारको बिकास र बिस्तारमा जोड दिइएको उनले बताए । कार्यक्रममा सितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मी, वडा नः १४ का वडा अध्यक्ष तथा सितगंगा नगरपालिकाका प्रवतmा दामोदर न्यौपाने , ईलाका बन कार्यालय पावराका जितेन्द्र खडका लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढि स्थानियको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार