गृहपृष्ठ खबर सङ्गीतकर्मी सघंको प्रदेश भेला सम्पन्न

सङ्गीतकर्मी सघंको प्रदेश भेला सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा चार नः जितपुरमा सङ्गीतकर्मी सघं प्रदेश नः ५ को भेला सम्पन्न भएको छ । प्रदेश नः ५ का सङ्गीतकर्मीहरुको भेला यहाँ सम्पन्न भएको हो । यही जेठ १२ र १३ गते राष्ट्रीय सङ्गीतकर्मी सघंको चौथो केन्द्रीय महाधिवेशन काठमाण्डौमा हुन लागेको हुदा सो लगायत अन्य बिषयमा सङ्गीतकर्मीहरुको भेला सम्पन्न भएको हो । साथै भेलाले महाधिवेशनका लागी प्रदेशबाट ५५ जना प्रतिनिधी छनोट समेत गरेको छ । सो अवसरमा प्रदेश संयोजक लालमणी भसाल, महासचिव थानेश्वर अधिकारी, उपाध्यक्षद्धय दिपा गोर्खाली र भिष्मराज ढुङगाना, कपिलवस्तु जिल्ला अध्यक्ष पुर्णचन्द्र परियार, सचिव शिव खनाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा नेपाल, गुल्मी सचिव सन्त कुमार श्रेष्ठ लगायतले सङ्गीत क्षेत्रको बिकास हकहितका लागी जोडदार उठाउने साथै यस क्षेत्रमा देखिएका समस्याको समाधानका क्षेत्रमा काम गर्नेमा उनीहरुले जोड दिएका थिए ।

सम्बन्धित् समाचार