गृहपृष्ठ खबर कपिलबस्तु प्रहरीद्धारा १० दिनमा ५० लाखको अबैध माल बरामद

कपिलबस्तु प्रहरीद्धारा १० दिनमा ५० लाखको अबैध माल बरामद

कपिलबस्तु प्रहरीले पछिल्लो १० दिनमा करिब ५० लाखको अबैध मालसामान बरामद गरेको छ । भन्सार छली भित्राईएका तथा अबैधरुपमा भारत तर्फ लैजादै गरिएका बिभिन्न मालसामानहरु बरामद गरिएको हो । यसक्रममा प्रहरी बिभिन्न सथानमा रहेको ब्यापारीको गोदामहरुमा छापा समेत हानेको ब्यापारीहरु बताउछन । तस्करीलाई शुन्यमा झार्ने उद्देश्यकासाथ काम अघि बढाईएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए । एक सय २३ बोरा कालो मरिच सहित ३० लाख ८२ हजार आठसय अस्सी रुपैंया बराबरको भारतबाट भन्सार छली ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजांदै गरेको सामान बरामद गरिएको कपिलबस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए । प्रहरीले कपिलबस्तुको मर्यादपुर, कृष्णनगर, रंगपुर लगायत ठाउँबाट उक्त परिमाणको अवैध सामान बरामद गरेको बिहिबार पत्रकार सम्मेलन गरि बरामद गरेका समानहरु सार्वजनिक गरेका छन् । प्रहरीले २२ लाख ६० हजार पांचसय बराबरको कालो मरिच, १२२ कार्टुन स्याउ, ५२ पेटी क्लोज अप, सहारा चुरोट २ पेटी, भोला ११ बोरा, फ्रेन लवली ३ पेटी, खुकुरी चुरोट ३६ पेटी, नुन २ बोरा, बिस्कुट १२ पोका, सेमई (मिठाई) २८ के.जी , छोडा ५ केजी, नरिवल ५ केजी, कम्मल १० थान, चिनी लगायतका मालसामान बरामद गरेको छ । जिल्ला सिमावर्ती क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले अबैध मालसमान नियन्त्रणमा लिएको हो । सिमावर्ती क्षेत्रबाट बिनाभन्सार ल्याउदै गरेको अवैध मालसमानहरु प्रहरीलाई देखेपछि छाडेर तस्करहरु भागेका प्रहरीले जनाएको छ । बरामद सामानलाई कृष्णनगर भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरिक्षक यादवले बताए । बरामद माल भन्सार चलान गरिएको जनाईएको छ । उता केही ब्यापारीहरुले आफुहरुको गोदाममा रहेको बिल सहीतको माललाई प्रहरीले छापमार शैलीमा जबरजस्ती लगेको आरोप लगाएका छन् ।

सम्बन्धित् समाचार