गृहपृष्ठ खबर तरबुजाबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका ठेला ब्यापारी

तरबुजाबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका ठेला ब्यापारी

प्रकाशित मिति:

 

गर्मीले जनजीवन ब्यस्त भएको बेला तरबुजा बेच्ने ठेला ब्यारीको कारोबरमा बृद्धि भएको छ । बढदो गर्मीसंगै मौसमी चिसो फल तरबुजा बचेर जिल्लामा ठेला ब्यापारीहरुले राम्रो गर्ने गरेका हुन । गर्मी बढे पछि खरबुजाको माग बढेसैगै उनीहरुको ब्यापार समेत बृद्धि भएको छ । जिल्लाका तौलिहवा, कृष्णनगर चन्द्रौटा चार नम्बर लगायतका बजारमा ठेला ब्यापारीले तरबुजा बेचेर मनग्य आम्दानी गरेका छन । कपिलवस्तु नगरपालिकाको तौहिलावा बजारमा मात्र एक दर्जन बढी ठेला ब्यापारीलाई तरबुजा बेच्न भ्याई नभ्याईछ । जिल्लान समन्वय समिति, महेन्द्रगेट, नयाटोल, गौढी, हाट बजारलाईन शिवाला टोल लगायतका स्थानमा ठेला ब्यापारीहरुले दुई महिना यता खरबुजा बिक्री गर्दै आएका छन । महेन्द्रगेट अघि २ महिना देखि ठेलामा तरबुजा बेच्दै आएका तौहिलावका मालटोलका अजमल अलीले खरबुजा बिक्री गरेर देीनक ५ सय देखि १ हजार आम्दानी गर्ने गरेको बताए । गर्मी बढे पछि खरबुजाको माग समेत बढेको उनले बताए । कहिलोकाही २ हजार सम्म पनि उनको ब्यापार हुने गरको छ । मौसमी फलफुल बेचेर १० जनाको परिवार चलाउदै आएका उनले तरबुजा बिक्रmीबाट ४० देखि ५० प्रतिशत सम्म नाफा हुने बताए । तौलिहवा हाट बजारबाट किलोको १२ देखि १५ रुपैयामा किनेर प्रति प्लेट २० रुपैयाका दरले बेच्ने गरेको उनले बताए । यस्तै जिल्ला समन्वय समितिको कार्यालय अघि २ महिलना देखि तरबुजा बेच्दै आएका गोबिन्द कसौधनले खरबुजाको माग अहिले अत्यधिक भएको बताए । रुखको छायामुनि ठेला लगाएका उनले अहिले दैनिक १५ सय देखि २ हजार सम्म बिक्री हुने गरेको बताए । ‘ गर्मी बढेकाले तरबुजा माग अत्यधिक बढेको छ, एकै जनाले ३ प्लेट सम्म खान्छन ’ उनले भने । अन्य फलफल भन्दा सस्तो, रसिलो र मीठो भएकाले अहिले तरबुजा तर्र्फ मानिसको आकषर्ण बढेको उनले बताए । तरबुजा बिक्रीकालागि पनि कुनै समस्या नभएको ठेला ब्यापारीहरु बताउछन । जिल्लाको धनकौली स्थित रामघाट नदीको बगरमा उत्पादीत खरबुजा हाट बजारमा बिक्रीकालागि लागिने गरिएको छ । ठोल ब्यापारीहरुले हाट बजारबाट किनेर बेच्दै आएका छन । तरबुजाकोे ब्यापार चैत देखि असार सम्म हुने गरको छ । तरबुजामा ८५ प्रतिशत बढी पानीको मात्रा हुने गरको स्वास्थ्यममीै बताउछन । गर्मीमा तरबुजा खानाले शरीरलाई् पन िफादईखा पुगने भएकाले पनि अहिले मानिसहरु खरबुजाप्रति आकर्षित भएका छन ।

सम्बन्धित् समाचार