कपिलवस्तुको बाणगंगामा लो भोल्टेजका कारण यहाँका स्थानियले सास्ती खेप्नु परेको छ । आवश्यक समयमा लो भोल्टेज आएपछि यहाँका स्थानिय सास्ती खेप्न बाध्य भएका हुन । बिशेष गरेर बाणगंगा नगरपालिकाको बैजलपुर, मोतिपुर, चार नः जितपुर क्षेत्र, गजेहडामा लो भोल्टेजका कारण सो ठाउमा बस्दै आएका स्थानिय लो भोल्टेजका कारण दुख खेप्न बाध्य छन । साझ परेपछि ५ वाटको बत्ती समेत नबल्ने बताउदै यो समस्या बर्षौ देखि रहेको बाणगंगा बैजलपुरका युवा अमृत न्यौानेले बताए । २०५८ सालमा गाउमा बत्ती आएकोे बएतापनि लो भाल्टेजका कारण साझमा टुकी बाल्दाको भन्दा बढि उज्यालो नहने उनले बताए । लो भोल्टेजका कारण घरका बिद्युतिय उपकरणमा समेत समस्या हुनुका साथै उपकरण काम नलाग्ने गरीसम्म बिग्रीएका छन ।
यस बिषयमा बिद्युत प्रशारण शाखा गजेहडामा प्रमुख ओपी राम ओलीसगं बुझदा पछिल्लो केही दिन यता जतात्यतै लो भोल्टेज भएको बताए । उता जिल्ला बिद्युत प्राधिकरण कपिलवस्तुका प्रमुख हिमान्सु कुमार यादवले पछिल्लो समय हावाहुरीले गर्दा यही समस्या समाधान गर्न बढि केन्द्रीत भएको बताउदै अव तत्काल बिद्युत चोरी नियन्त्रणसगै लो भोल्टेजको समस्या समाधान गर्न लाग्ने बताए । बैजलपुर क्षेत्रमा रहेको लो भोल्टेजको समस्या आफुले पहिलो पटक थाहा पाएको बताउदै स्थनिय नागरिकसगं समन्वय गरि तार थप्ने वा ट्रान्समिटर थपसम्म गरी समस्या समाधान गर्ने प्रमुख यादवले बताए ।
कपिलवस्तुमा लो भोल्टेजका कारण सास्ती


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदाङमा सवारी दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते
७ घण्टा अघि
एसिया कपको उपाधि भारतलाई
७ घण्टा अघि
बाँकेमा बम विष्फोट हुँदा सडकमा क्षति
७ घण्टा अघि
साउनमा भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स
८ घण्टा अघि