गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नयाँ कामको थालनी

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नयाँ कामको थालनी

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य संघले आफनो कार्यक्षेत्रमा सकृयता बढाएको छ । संघले बार्षिक कार्ययोजना निर्माण गरेसंगै कार्यक्षेत्रमा नयाँ नयाँ कामको थालनी गरेको हो । संघले संस्थागत विकासमा भवन निर्माण शुरुवात संगै व्यवसायीक हकहित र अधिकारमा संगठित रुपमा लागेको छ । संघले आफना १२ वटै क्षेत्रका उद्योगी व्यवसायी तथा सदस्यसंग छलफल गरेको छ । शनिबार संघले गरेको बृहत छलफलमा बजार क्षेत्रका सवै उद्योगी व्यवसायी अनिवार्य रुपमा दर्ता भई व्यवसाय संचालन गर्नुपर्ने जनाएको छ । संघले सम्पूर्ण व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय र कपिलवस्तु उद्योग बाणिज्य संघमा दर्ता भई व्यवसाय संचालन गरेको हुनुपर्ने बताउदै अन्य व्यवसायिक हकहितका विषयमा सचेतना गरेको संघका अध्यक्ष उमानाथ पौडेलले बताए । विभिन्न समयमा वाणगंगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय वाणगंगा र कपिलवस्तु उद्योग वाणिज्यसंघ बाट पसलहरुको अनुगमन गर्दा विना दर्ता संचालन गरेको पाइएकोले संघले व्यवसायीलाई दर्ता गर्न आवहन गरेको हो । संघले ग्राहकलाई बिल दिने, नविकरण गर्ने गुणस्तर तथा नापतौल कार्यालयबाट प्रमाणित ढक तथा तराजु मात्र प्रयोग गर्ने साइनबोर्ड, मुल्यसुचि, सरसफाई लगायतका बिषयमा छलफल गरेको कपिलवस्तु उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेलले बताए । बोर्डगाउँमा आयोजित सम्पन्न भेलामा प्रमुख अतिथी संघका वाणिज्य उपाध्यक्ष हुमानाथ पौडेलले सरकारको निती र कानुनी दायरामा व्यवसायी अनिवार्य जानुपर्ने बताएका छन् ।

साथै ब्यवसायीहरु सरकारको नितीलाई पालना गर्ने बताउदै अखाद्य बस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले हाटबजार व्यवसायीलाई व्यवस्थित र कानुनी दायरमा ल्याउनुपर्ने संघको माग छ । उपभोक्ताको स्वास्थ्यमा सवै गम्भिर हुनुपर्ने बताउदै सडेगलेका र म्याद गुज्रेका सामान विक्री वितरणमा रोक लगाउनुपर्ने बतायएको छ । पिपरा, बैरिया, जितपुर, ओदारी, गजेहडा, बनगाई, बोर्डगाउँ, गोरुसिंगे सहितका १२ क्षेत्रमा रहेका ब्यापारीलाई सरकारको निति नियममा रही कारोबार गर्न कपिलवस्तु उद्योग बाणिज्य सघंका सदस्य डोलकराम घिमिरेले आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार