गृहपृष्ठ ज्योतिष /वास्तु साप्ताहिक राशिफल जेठ १३ देखि १९ सम्म 

साप्ताहिक राशिफल जेठ १३ देखि १९ सम्म 

प्रकाशित मिति:

साप्ताहिक राशिफल जेठ १३ देखि १९ सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– समय राम्रै छ। साझेदारीका कामहरुबाट सफलता मिल्ला। प्रेम सम्बन्धमा सुधार देखिन्छ। मानसम्मानको समय रहेको छ भने प्रीय ब्यक्तिसग भेट हुने मौका मिल्नेछ। खानपिनमा भने विचार पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भिक दिनहरुमा केहिओ अवरोध देखिएला।  मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। धैर्यताका साथ् अगाडी बढ्नुस, प्रतिष्पर्धामा सफलता मिल्न सक्छ। प्रारम्भिक दिनमा नसोचेका उपाधिहरु हात पर्न सक्छ। लेनदेनको व्यवहारमा भने सतर्कता अपनाउदा नै राम्रो हुन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– पढाइमा प्रगति हुने समय हो।  रहिरहेका अधुरा कामहरु पुरा हुनेछन्। मनोरंजनमा समय बित्नेछ भने सन्तानहरु बाट  पनि खुसीको खबर मिल्नेछ।  बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। बोलीमा नियन्त्रण राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। घरभित्रको आन्तरिक समस्याले तनाव दिन सक्छ। आलास्यताको  कारणले कामहरु अधुरा रहन पनि सक्छन्। मनमा शंकाको भावना सिर्जना हुन् सक्छ भने साताको अन्तिमतिर कामहरु प्रगति हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। जोस र जागारका साथ् कामहरुमा सक्रियता बढ्नेछ।  नया अवसरहरु मिल्नेछन् भने  यात्राका सम्भावना पनि देखिन्छन्। विशेस कार्यक्रमहरुमा सहभागी हुने अवसर मिल्नेछ। मन हर्सित रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– समय अलिक तनावमय देखिन्छ।  परिस्थितिवश विवादास्पद काममा अग्रसर हुनुपर्नेछ। नया आशाहरु थपिनेछन्।  महत्वपूर्ण कार्यको तयारि हुनेछ भने साताको अन्तिमतिर पराक्रमको साथ उपलब्धि हासिल गर्न सकिएला।  संयमता भने अपनाउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– साथीभाइको सहयोगले यात्रा हुनेछ। मानसम्मानको योग रहेको छ भने प्रारम्भिक  लाग्ने र दुबिधा हरु बढ्ने हुन सक्छ।  गतिविधिमा सहब्भागी हुने मौका मिल्नेछ। आध्यात्मिक क्षेत्रमा प्रगति हुने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। यात्राको सम्भावना देखिन्छ। समयमा निन्द्रा नपर्ने, खराव सपना देख्ने जस्ता समस्या आउँन सक्छन। खानपिनमा विचार गर्नुहोला। खर्चको योग रहेको छ।  साताको अन्त्यतिर भने नया आशाहरु जागृत हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। व्यापार व्यवसायबाट सोचे जस्तै लाभ मिल्नेछ।  साथीभाई सगको भेटघाट ले मन प्रफुल्लित गराउनेछ ।  यात्राको समयमा केहि सतर्कता अपनाउनुहोला, चोटपटक को भय देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। मन अल्लि
विचलित देखिन्छ।  गरेका कार्यमा उथलपुथल आउँन सक्छ भने राजनैतिक विचार   धारा हरु पनि बलिया भएर जानेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
–  नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। भाग्यले साथ् दिनेछ भने कर्मक्षेत्रमा समय बढी व्यातित  गर्नुपर्ने देखिन्छ। गालि वा अवजसहरु आउँन सक्छन्। धर्मकर्ममा मन लगाउनु भयो भने सोचेजस्तो नै प्रतिफल आउनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
–  भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रारम्भिक दिनहरुमा खर्चको समय देखिन्छ भने पछिल्ला दिनहरुमा प्रेममा सफलता मिल्न सक्छ।   कार्यमा अवरोध गर्न खोज्नेहरु पनि भेटिनेछन्। नया साथि वा मित्रसग भेटघाट हुनेछ।

युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५
ज्योतिष परामर्श एवं अनुसन्धान केन्द्र
पोखरा लेखनाथ- १७, बिरौटा

सम्बन्धित् समाचार