गृहपृष्ठ खबर तिलौकोटमा धान दिवस विशेष मनाइने

तिलौकोटमा धान दिवस विशेष मनाइने

प्रकाशित मिति:

गौतम बुद्धकालिन स्थल कपिलवस्तुको तिलौराकोटमा धान दिवस विशेष प्रकारले मनाइने भएको छ । बौद्ध साहित्यमा उल्लेख भए अनुसार तत्कालिन राजा सुद्दोधनले धान खेतीको प्रवद्र्दन गर्ने उद्देश्यले धान रोपाई महोत्सव गर्नुभएको थियो । अहिले पनि बौद्द धर्मालम्वीहरुको वाहुल्यता रहेको मुलुक थाइल्याण्ड,श्रीलंका लगायतका देशहरुमा धान रोपाई कार्यक्रम हुदैं आएको छ । त्यसलाई कपिलवस्तुमा समेत विशेष रुपमा मनाउने नेपाल पर्यटन मन्त्रालय,लुम्बिनी विकास कोषले निर्णय गरेको छ ।
संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्दनमा समेत सहयोगी बन्ने अपेक्षा सहीत आयोजना गरिने धान रोपाई महोत्सवले कृषि क्षेत्रको प्रवद्र्दनमा समेत सहयोग पुर्याउने भएकाले त्यसका लागि कृषि मन्त्रालय सग समेत सहकार्यको प्रक्रिया कोषले अगाडि बढाएको छ । आउदो असार १५ मा मनाइने महोत्सवलाई कोषले वार्षिक रुपमा मनाउने र यसलाई कृषि मन्त्रालयको क्यालेन्डरमा समेत समावेश गर्न आग्रह गर्दै प्रक्रिया अगाडि बढाइएको कोषका कार्यकारी सदस्य एवं तिलौराकोट रोपाई महोत्सवका संयोजक राजेश ज्ञवालीलले जानकारी दिनुभयो । उहाले कृषि मन्त्री ज्यूसग छलफल गरी यसलाई सामुहिक रुपमा मनाउन लागिएको बताउनुभयो ।

सम्बन्धित् समाचार