वाणगंगा नगरपालिका वडा नं २ को कार्यालयले महिलाहरुका लागि एक महिने बुटिक तालिम सोमवार देखि शुरु गरेको छ । कार्यालयको लक्षित वर्गको बजेट अन्तरगत सोहि वडाका २५ जना महिलाहरुलाई तालिम प्रदान गर्ने भएको हो । तालिमको उद्घाटन गर्दै नगरका मेयर मंगल प्रसाद थारुले महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरले विभिन्न सिपमुलक कार्यक्रमहरु राखेको बताउनु भयो । कार्यक्रममा बोल्दै उपमेयर चक्रपाणी अर्यालले महिलाहरुले सिकेका सिपलाई व्यवहारमा उतार्ने गरि ध्यान पुर्वक सिक्न आग्रह गर्नु भयो । कार्यक्रममा वडा अध्यक्ष विष्णु पौडेलले २ नं वडाका महिलाहरुलाई आर्थिक रुपले समृद्ध पार्नका लागि बुटिक सिप मुलक तालिमको आयोजना गरिएको बताउनु भयो । वडा भित्रका सबै समुदायका महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।
वाणगंगाका महिलालाई बुटिक तालिम
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै१३औं कपिलवस्तु डान्स आईडलबाट बाहिरिईन् निरुता
१८ घण्टा अघि
च्याम्पियन्स लिग : लिभरपुलको लगातार छैटौं जित
१९ घण्टा अघि
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१९ घण्टा अघि