गृहपृष्ठ विविध एनएमबी बैंकले फेरि पायो अर्को प्रतिष्ठित अवार्ड

एनएमबी बैंकले फेरि पायो अर्को प्रतिष्ठित अवार्ड

प्रकाशित मिति:

काठमाण्डौ । आठौ आइएफसी ट्रेड अवार्ड्समा एनएमबी बैंकले ‘बेस्ट इस्यूइङ बैंक पार्टनर इन फ्रेजाइल कन्ट्रीज–२०१७ साउथ एशिया’ अवार्ड पाएको छ ।

नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबी पहिलो वाणिज्य बैंक हो ।

ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम-२०१७ मा बैकले गरेको सहकार्यका लागि रिजनल फाइनान्सियल इन्स्टीच्यूसन ग्रुप, आइएफसीका एशिया प्यासिफिकका प्रमुख भिटोरियो डी बेल्लोले एनएमबी बैंकका सीइओ सुनिल केसीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

आइएफसी ट्रेड अवार्ड्सको प्राप्तिले एएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्नसक्ने ठूलो व्यापार लगानी क्षमतालाई प्रष्ट्याएको बताइएको छ । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझौला ब्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खालका वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको बैंकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

योसँगै एनएमबी बैंकले यो वर्ष हालसम्म ३ वटा चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ ।  जसमा लण्डनको दि फाइनान्सियल टाइम्सबाट ‘दि बैंक अफ दि इयर २०१७’ र फ्रस्ट एण्ड सुलिभनबाट ‘सर्टिफिकेट अफ मेरिट’ रहेका छन् ।

 

सम्बन्धित् समाचार